Kathmandu Press

आइएस  लुक्ने ठाउँमा छापा, थुप्रै मारिएकाे आशंका

सुरक्षा बलले आक्रमण गर्दा त्यहाँ थुप्रै विद्रोही मारिएको अफगान कार्यवाहक प्रशासनका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार भनेका छन्।
आइएस  लुक्ने ठाउँमा छापा, थुप्रै मारिएकाे आशंका

मजार-इ-शरिफ, चैत ४ : अफगान सुरक्षा बलले उत्तरी बाल्ख प्रान्तमा इस्लामिक स्टेट (आईएस) आतंककारी लुकेका ठाउँहरूमा शुक्रबार राति छापा मारेको छ।

सुरक्षा बलले आक्रमण गर्दा त्यहाँ थुप्रै विद्रोही मारिएको अफगान कार्यवाहक प्रशासनका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार भनेका छन्।

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको प्रान्तीय राजधानी मजार–इ–शरीफ शहरको प्रहरी जिल्ला ५, ६ र ८ मा छापा मारिएको अधिकारीले जनाएका छन्।

प्रवक्ता मुजाहिदले कारबाहीमा मारिएका आईएस लडाकुहरूको सङ्ख्या भने खुलाएका छैनन्। कारबाहीका क्रममा एक सुरक्षाकर्मी समेत घाइते भएको उनले बताए। कारबाहीका क्रममा सुरक्षाकर्मीले हातहतियार र गोली समेत बरामद गरेको छ।

प्रकाशित मिति: १२:३२ बजे, शनिबार, चैत ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्