Kathmandu Press

दक्षिण अफ्रिकामा दादुरा सङ्क्रमित ७६६ जना पुगे

सङ्क्रमितहरूमध्ये  ४२ प्रतिशतभन्दा बढी बालबालिका छन्।
दक्षिण अफ्रिकामा दादुरा सङ्क्रमित ७६६ जना पुगे

जोहानेसबर्ग, चैत ४ : दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआइसिडी) ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ।

'पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी प्रान्तहरूमा दादुराको प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको,' एनआईसीडीले विज्ञप्तिमार्फत जनाएको छ। सङ्क्रमितहरूमध्ये  ४२ प्रतिशतभन्दा बढी बालबालिका छन्।

सरकारले  सबै जनतालाई आफ्ना बालबालिकाहरूलाई  दादुरा विरुद्धको खोप लगाउन अनुरोध गरेको छ। दादुरा सङ्क्रमणका प्रमुख लक्षणहरूमा उच्च ज्वरो, खोकी, आँखा रातो हुने र नाक बग्नेलगायत छन्।

प्रकाशित मिति: १२:२६ बजे, शनिबार, चैत ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्