Kathmandu Press

आईसीसीद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

अदालतले उनीमाथि युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा रुसमा पुर्‍याइएको सहित युद्ध अपराधका लागि जिम्मेवार रहेको आरोप लगाएको हो ।
आईसीसीद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, चैत ४ : अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। 

अदालतले उनीमाथि युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा रुसमा पुर्‍याइएको सहित युद्ध अपराधका लागि जिम्मेवार रहेको आरोप लगाएको हो । अदालतले उक्त अपराध युक्रेनमा कम्तीमा २४ फेब्रुअरी २०२२ देखि भएको जनाएको छ। त्यसैबेला रुसले युक्रेनमाथि पूर्ण मात्रामा आक्रमण सुरु गरेको थियो। 

आईसीसीले पुटिनलाई बालबालिकाको निर्वासनमा संलग्न भएको आरोप लगाएको छ। उसले पुटिनले प्रत्यक्ष रूपमा कार्य गरेको विश्वास गर्ने उचित आधार रहेको दाबी गरेको छ। अदालतले रुसी नेताले बालबालिकालाई देशबाट भाग्नुपर्ने अवस्था बनाउन अरूलाई रोक्नका निम्ति आफ्नो अधिकार प्रयोग गर्न पनि असफल भएको बताएको छ । 

प्रकाशित मिति: ०८:४९ बजे, शनिबार, चैत ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्