खराब मौसमका कारण मङ्गोलियामा ५ लाख ६७ भन्दा बढी पशुको मृत्यु
उलानबाटोर, चैत ३ : मङ्गोलियामा यो वर्ष खराब मौसमका कारण हालसम्म कूल ५ लाख ६७ हजार पशुको मृत्यु भएको छ । मृतक जनावरको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झण्डै १० प्रतिशतले बढेको पाइएको छ । मरेका जनावरमध्ये ८५ प्रतिशत बाख्रा र भेडा रहेको तथ्याङ्क निकायले जनाएको छ ।
यहाँको कुल भूभागको करिब ७० प्रतिशतसम्म हिउँ परेको छ । चारैतिर अत्यन्त चीसो अनुभव गरिएको मौसम विज्ञान तथा वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले उल्लेख गरेको छ ।
पूर्वका खेन्टी र सुखबाटार, मध्यपश्चिममा अर्खाङगाई र पश्चिमका खोभड र युभ्समा सबैभन्दा बढी जनावरको मृत्यु भएको छ । एनएसओका अनुसार मङ्गोलियामा सन् २०२२ को अन्त्यमा ७१.१ मिलियन पशुहरू रहेको थियो।
भूपरिवेष्ठित देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रवर्द्धनलाई सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।
प्रकाशित मिति: १९:३० बजे, शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१