Kathmandu Press

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टबाट सामान किन्दा १० प्रतिशत छुट 

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टबाट सामान किन्दा १० प्रतिशत छुट 

काठमाडौं, चैत ३ : ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मेट्रो मार्टबाट सामान किन्दा दस प्रतिशत छुट पाउने भएको छ । बैंकले मेट्रो मार्टका काठमाडौं भित्रका स्टोरहरुबाट सामान किन्दा आफ्ना ग्राहकहरुलाई छुट दिने योजना ल्याएको हो ।

उक्त योजना अनुसार सामान किन्दा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।  एक पटकको खरिदको १००रुपैयाँसम्म र योजना अवधिभर . ३०० रुपैयाँसम्म डिस्काउन्ट पाइनेछ । 

यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ । 

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । 

May be an image of text

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ । 

प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्