Kathmandu Press

खेलकुद विकास विधेयकबारे सुझाव संकलन गर्न गण्डकीमा समिति

परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा  कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ र तारामाया थापा मगर, परिषद्का सदस्य केशव पाठक तथा गण्डकी विश्वविद्यालयका प्राध्यापक डा मधुसुदन सुवेदी रहेका छन्। 
खेलकुद विकास विधेयकबारे सुझाव संकलन गर्न गण्डकीमा समिति

पाेखरा, चैत ३ : गण्डकी प्रदेश खेलकुद परिषद्को चौथो पूर्ण बैठकले प्रदेश खेलकुद विकास विधेयक २०७७ र नियमावलीमा देखिएका समस्याका बारेमा सुझाव सङ्कलन गरी पेश गर्न  समिति गठन गरेको छ।

परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा  कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ र तारामाया थापा मगर, परिषद्का सदस्य केशव पाठक तथा गण्डकी विश्वविद्यालयका प्राध्यापक डा मधुसुदन सुवेदी रहेका छन्। 

Hardik ivf

बैठकले प्रदेश खेलकुद सङ्घ गठन, प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समीक्षा, वार्षिक कार्यक्रम सञ्चालन गर्नेलगायतका निर्णयसमेत गरेको छ।

बैठकमा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चमान गुरुङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपलब्धिको उच्च मूल्याङ्कन हुने बताए। उनले परिषद्का पदाधिकारीले प्रतियोगितमा स्वयंसेवीका रुपमा खेलकुद विकासका लागि गरेको भूमिका प्रशंसनीय छ भने।
    
खेल सङ्घलाई व्यवस्थित गर्ने र प्रदेशमा खेलिने परम्परागत खेल सङ्घलाई समेट्न उनले आग्रह गरे। बैठकमा मन्त्रालयका सचिव हेमराज सुवेदीले प्रदेश खेलकुदको वार्षिक कार्यक्रममा समावेश विभिन्न महत्वपूर्ण कार्यक्रमले खेलकुद विकासलाई गति दिन सहयोग पुग्ने बताए।

यस आर्थिक वर्ष करिब ६० प्रतिशत बजेट खर्च हुनु उपलब्धिमूलक रहेको जनाउँदै उनले बाँकी कार्यक्रम यथाशीघ्र सम्पन्न गरी शतप्रतिशत सफलता हासिल गर्न आग्रह गरे।

प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, चैत ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्