संसद विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय हाेइन : अध्यक्ष ओली

काठमाडाैं, चैत २ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएको बताएका छन।
बिहीबार काठमाडौंमा एमाले निकट अनेरास्ववियुले आयोजना गरेको कानूनका विद्यार्थीसँग केपी ओली विषयक कार्यक्रममा बोल्दै उनले संविधानले नै प्रधानमन्त्रीलाई संसद विघटनका लागि वाध्य पारेको बताएका हुन।
नयाँ सरकार गठनका विषयमा राष्ट्रपतिलाई प्रस्तुत गरेका आधार भरपर्दो नलागे प्रधानमन्त्रीले निर्वाचनको मिति तोकेर प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था गरेको उनको भनाइ छ ।
ओलीले संविधान अनुसार देश चल्नुपर्ने भन्दै संविधानमा संसदले नभई अदालतले प्रधानमन्त्री खारेज र गठन गर्ने व्यवस्था नभएको जिकिर गरे। उनले अहिले पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन नसके कांग्रेस नेतृत्वमा सरकार बन्ने र कांग्रेसले पनि विश्वासको मत लिन नसके संसद विघटन हुने जिकिर गरे।
त्यस्तै ओलीले आफुमाथि लागेका सहि आरोपहरुलाई सुधारको रुपमा लिने र निराधार आरोप लगाएर बदनाम गर्ने दुष्प्रयासहरुलाई चकनाचूर पार्ने बताए ।











