Kathmandu Press

अरूणाञ्चल प्रदेशमा भारतीय सेनाको हेलिकाेप्टर दुर्घटना

अरूणाञ्चल प्रदेशमा भारतीय सेनाको हेलिकाेप्टर दुर्घटना

काठमाडाैं, चैत २ : भारतको अरूणाञ्चल प्रदेशमा भारतीय सेनाको हेलिकाेप्टर दुर्घटनामा परेको छ। अरूणाञ्चल प्रदेशको बमदिला नजिक चिता हेलिकाेप्टर बिहीबार दुर्घटनामा परेको इन्डियन एक्सप्रेसले जनाएको छ। 

भारतीय सेनाका अनुसार हेलिकाेप्टर पश्चिमी बमदिला मन्डला क्षेत्रमा दुर्घटना भएको हो। उक्त हेलिकप्टरमा लेफ्टिनेन्ट कर्नेल र मेजर सवार थिए। 

हेलिकाेप्टरले एटिसीसँग आज बिहान सवा ९ बजे नै सम्पर्क गुमाएको थियो।

उनीहरूको खोजी र उद्धारको काम थालिसकेको सेनाले जनाएको छ। दुर्घटनामा परेको हेलिकप्टर सेनासँग भएको सबैभन्दा पूरानोमध्ये एक हो।

प्रकाशित मिति: १८:३० बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्