Kathmandu Press

सुशासन समितिद्वारा विधेयक दर्ता प्रक्रिया अघि बढाउन निर्देशन

सिंहदरबारमा आज भएको समितिको बैठकले सङ्घीय संसद्मा पेस हुने विधेयकको प्रावधानमा नयाँ एवं संशोधन विधेयकका मस्यौदा गर्दा सुशासन र दिगो एवं सन्तुलित विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनेसमेत निर्णय गरेको छ।
सुशासन समितिद्वारा विधेयक दर्ता प्रक्रिया अघि बढाउन निर्देशन

काठमाडौं, चैत २ : राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले सुशासन, दिगो विकास एवं सन्तुलित विकासको प्रत्याभूति हुने गरी व्यवस्था रहे/नरहेको परीक्षण गरेर मात्र विधेयक दर्ता प्रक्रिया अघि बढाउने व्यवस्था गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिने भएको छ।

सिंहदरबारमा आज भएको समितिको बैठकले सङ्घीय संसद्मा पेस हुने विधेयकको प्रावधानमा नयाँ एवं संशोधन विधेयकका मस्यौदा गर्दा सुशासन र दिगो एवं सन्तुलित विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनेसमेत निर्णय गरेको छ।

'संसद्मा प्रस्तुत हुने विधेयकका अङ्गहरू, उद्देश्य र कारण, आर्थिक टिप्पणी, व्याख्यात्मक टिप्पणीमा सुशासन र दिगो एवं सन्तुलित विकाससम्बन्धी व्यवस्थाको उल्लेख भएको हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिने', निर्णयमा भनिएको छ । 

त्यसैगरी संसद्मा पेस हुने नयाँ एवं संशोधन विधेयकका मस्यौदा गर्दा सुशासन र दिगो एवं सन्तुलित विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन र दिगो विकास तथा सुशासन समितिको आर्थिक वर्ष २०७९÷८० को कार्ययोजनाको प्रगतिको समीक्षा गर्नुपर्ने समितिले निर्णय गरेको छ।

प्रकाशित मिति: १८:०६ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्