Kathmandu Press

इरानमा शरण लिएका पाँच हजार अफगानी स्वदेश फर्किए

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले इरानबाट आज चार हजार नौ सय ८६ जना अफगानी स्वदेश फर्केका जनाएको हो। 
इरानमा शरण लिएका पाँच हजार अफगानी स्वदेश फर्किए

काबुल, चैत २ : इरानमा शरणार्थी जीवन बिताइरहेका करिब पाँच हजार  अफगान नागरिक स्वदेश फर्केका छन्।

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले इरानबाट आज चार हजार नौ सय ८६ जना अफगानी स्वदेश फर्केका जनाएको हो। 

उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विदेशम शरण लिएका अफगान नागरिकको स्वदेश फिर्तीको क्रम जारी छ। बितेका छ महिनामा इरानबाट दुई लाख ८० हजारभन्दा बढी शरणार्थी घर फर्केका छन्।

पच्चीस लाखभन्दा बढी अफगानी इरानमा शरण लिएर बसेका छन् भने त्यति नै सङ्ख्यामा अफगान नागरिक पाकिस्तानमा रहेका बताइएको छ।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गरिरहेको छ। देशको शासन सम्हालेपछि तालिवान सरकारले मातृभूमिको सेवामा आउन उनीहरूलाई आग्रह पनि गर्दै आएको छ।

प्रकाशित मिति: १७:१८ बजे, बिहीबार, चैत २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्