Kathmandu Press

बन्दीपुरमा ‘फुड फेस्ट’ हुने

काठमाडौं, माघ ३ : रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग प¥ुयाउने उद्देश्यले ‘रेबान–बन्दी....

बन्दीपुरमा ‘फुड फेस्ट’ हुने

काठमाडौं, माघ ३ : रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग प¥ुयाउने उद्देश्यले ‘रेबान–बन्दीपुर फेस्ट २०२०’को आयोजना गर्ने भएको छ।

शुक्रबार पत्रकार सम्मेलनकाे आयोजना गरि माघ १७ र १८ गते बन्दीपुरमा महोत्सव आयोजना गर्न लागेको रेबानले जनाएको छ। रेबान पोखरा, रेवान सौराहा तथा रेबान केन्द्रले पनि रेस्टुरेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवद्र्धनको विविध कार्यक्रम आयोजना गरिरहेको जनाएको छ।

पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन हुने र काठमाडौं, पोखरा, सौराहाका रेष्टुरेन्ट व्यवसायी तथा बन्दीपुरका पर्यटक व्यवसायीहरुबीच सद्भाव बढाउने उद्देश्यले बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेबानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए।

उनका अनुसार यस कार्यक्रमको मुख्य प्रायोजक गोर्खा बु्रअरी, प्रायोजकहरुमा जावलाखेल ग्रुप आफ कम्पनी, नेपाल डिस्टिलरी रहेको छन्।

खाना तथा बस्नको लागि उक्त महोत्सवमा छुटको व्यवस्था समेत हुने रेबानले जानकारी गराएको छ।

महोत्सवमा नेपाल आइडलमा गत वर्षका फाइनलिष्ट तथा चर्चित गायक निशाल भट्टराई लगायत अन्य कालाकारको विशेष प्रस्तुति समेत हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति: १४:४२ बजे, शुक्रबार, माघ ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्