Kathmandu Press

डीडीसी दूध आजदेखि लिटरको ९७ रुपैयाँ

संस्थानले यसअघि बिक्री गर्दै आएको डीडीसी स्ट्यान्डर्ड दूधको मूल्य प्रतिप्याकेट ४३ रुपैयाँ थियो । उपभोक्ताले अब डीडीसीको एक प्याकेट दूध खरिद गर्दा ४८ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ ।
डीडीसी दूध आजदेखि लिटरको ९७ रुपैयाँ

काठमाडौं, चैत २ : दुग्ध विकास संस्थानले डीडीसी दूधको मूल्य बढाएको छ । संस्थानले डीडीसी ‘स्ट्यान्डर्ड’ दूधको मूल्य प्रतिप्याकेट पाँच रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा पुर्‍याएको हो । यो मूल्य चैत २ गते (आज) देखि लागु हुने संस्थानले जनाएको छ । 

संस्थानले यसअघि बिक्री गर्दै आएको डीडीसी स्ट्यान्डर्ड दूधको मूल्य प्रतिप्याकेट ४३ रुपैयाँ थियो । उपभोक्ताले अब डीडीसीको एक प्याकेट दूध खरिद गर्दा ४८ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ ।

लिटरमा भने डीडीसी स्ट्यान्डर्ड दूधको मूल्य ११ रुपैयाँले वृद्धि भएको अधिकारीले बताए । मूल्यवृद्धि हुनुअघि डीडीसी दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो । आजदेखि प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ ।

डीडीसीले काठमाडौं उपत्यकामा चार किसिमका दूधहरू बिक्री गर्दै आएको छ । 

प्रकाशित मिति: ०७:१९ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्