Kathmandu Press

कृषि मेसिनरी व्यवसायी संघ र सिद्धार्थ प्रिमियर इन्सुरेन्सबीच स्वस्थ्य बिमा सम्झौता

जोखिम न्यूनीकरण गर्नका लागि संघ र इन्सुरेन्सबीच स्वस्थ्य विमा सम्झौता भएको हो। सम्झौता पत्रमा सिद्धार्थ प्रिमियर इन्सुरेन्सका प्रमुख व्यवस्थापक रामजी ढकाल र संघका अध्यक्ष खोजराज कटुवालले हस्ताक्षर गरे।
कृषि मेसिनरी व्यवसायी संघ र सिद्धार्थ प्रिमियर इन्सुरेन्सबीच स्वस्थ्य बिमा सम्झौता

काठमाडौं, चैत १ : नेपाल कृषि मेसिनरी व्यवसायी संघ र सिद्धार्थ प्रिमियर इन्सुरेन्सबीच स्वस्थ्य बिमा सम्झौता भएको छ।

जोखिम न्युनिकरण गर्नका लागि संघ र इन्सुरेन्सबीच स्वस्थ्य विमा सम्झौता भएको हो। सम्झौता पत्रमा सिद्धार्थ प्रिमियर इन्सुरेन्सका प्रमुख व्यवस्थापक रामजी ढकाल र संघका अध्यक्ष खोजराज कटुवालले हस्ताक्षर गरे।

पहिलो चरणमा ३३ जना व्यवसायीहरुको विमा गरिएको संघले जनाएको छ। सम्झौता पत्रमा २ लाख बराबरको दुर्घटना र ८० हजार बराबरको स्वास्थ्य बिमा गरिने उल्लेख छ।

यसमा आवश्यक सहजीकरण आफुहरुले गर्ने इन्सुरेन्सका प्रमुख व्यवस्थापक रामजी ढकालले जानकारी दिनुभयो। उहाले उपचार पश्चात अस्पतालले खर्चको बिबरण पठाएपछि इन्सुरेन्सले भुक्तानी दिने बताए।

त्यस्तै संघका अध्यक्ष कटुवालले व्यवसायीको जोखिम न्युनिकरणका साथै विमाप्रति सचेतना दिलाउनका लागि संघले सम्झौता गरेको बताए। संघमा करिव दुई सय कृषि मेशिनरी व्यवसायीहरु आबद्ध छन्। 

प्रकाशित मिति: १६:२८ बजे, बुधबार, चैत १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्