Kathmandu Press

आइएमई पे वालेटमा रियामार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर

विदेशमा रहेका लाखौँ नेपालीहरूका लागि रियाको अनलाईन प्लेटफर्मबाट पैसा पठाउँदा ५० रुपैयाँकसम्मको क्यासब्याक दिने सुविधा छ।
आइएमई पे वालेटमा रियामार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर

काठमाडाैं, फागुन २९ : रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको अफर सार्वजनिक गरेको छ। रेमिट्यान्स निर्भर सेवाग्राहीहरूलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ आइएमई पेमा ब्यासब्याकको अफर सार्वजनिक गरिएको हो। 

विदेशमा रहेका लाखौँ नेपालीहरूका लागि रियाको अनलाईन प्लेटफर्मबाट पैसा पठाउँदा ५० रुपैयाँकसम्मको क्यासब्याक दिने सुविधा छ। उक्त सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्स्फरको अनलाईन पोर्टलमा गइ आइएमई पेमा सिधै र तुरुन्तै पैसा पठाउन मिल्ने गरी व्यवस्था मिलाइएको छ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट  विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्छन। व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्न सकिने व्यवस्था छ। 

मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको सुबिधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।
 

प्रकाशित मिति: १८:१७ बजे, सोमबार, फागुन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्