राष्ट्र बैंकविरुद्ध उद्योगी व्यवसायीकाे प्रदर्शन
बैंकको ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै आन्दोलन गरिरहेका व्यवसायीहरुले सोमबार काठमाडौंको बालुवाटार क्षेत्रमा राष्ट्र बैंकविरुद्ध प्रदर्शन गरेका हुन्।
काठमाडाैं, फागुन २९ : विभिन्न माग राख्दै आन्दोलनरत उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रदर्शन गरेका छन्।
बैंकको ब्याजदरलाई एकल अंकमा झार्न माग गर्दै आन्दोलन गरिरहेका व्यवसायीहरुले सोमबार काठमाडौंको बालुवाटार क्षेत्रमा राष्ट्र बैंकविरुद्ध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुको उच्च सेवा शुल्क बन्द गर, प्रिमियम दर बृद्धि नियन्त्रण गर, बैकिङ आतंक बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले प्रिमियम दर वृद्धि गरेर व्यवसायीहरुलाई समस्यामा पार्ने काम भएकाले विरोध गर्नुपरेको बताए।
उनले आर्थिक नीतिलाई सहि अवस्थामा ल्याउन राष्ट्र बैंकले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे।
व्यवसायीहरुले ब्याजदरलाई एकल अङ्कमा झार्नुपर्नेलगायत आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरि व्यावहारिक निर्देशिका बनाइनुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका छन्।











