Kathmandu Press

उत्तर कोरियाद्वारा दुईवटा क्रुज क्षेप्यास्त्र परीक्षण

ती क्षेप्यास्त्र कोरियाली समुद्रको पूर्वी क्षेत्रमा खसेको बताइएको छ। 
उत्तर कोरियाद्वारा दुईवटा क्रुज क्षेप्यास्त्र परीक्षण

सियोल, फागुन २९ : संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्धीपमा सोमबारदेखि संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेका समय उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ।

ती क्षेप्यास्त्र कोरियाली समुद्रको पूर्वी क्षेत्रमा खसेको बताइएको छ। अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा गरिएको पाँच बर्ष यताकै सबैभन्दा ठूलो अभ्यास भएको दक्षिण कोरियाली अधिकारीले जनाएका छन्। 

सोमबार बिहानै उत्तर कोरियाले दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो। उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले नेता किम जोङ उनले शत्रुहरुको युद्ध उन्मादलाई जवाफ दिन आदेश दिए लगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको कोरियाली अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ। 

यसैबीच, अमेरिका र दक्षिण कोरियाको १० दिने सैन्य अभ्यास पनि सोमबारदेखि नै सुरु भएको छ। अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित अभ्यासका रूपमा हेर्ने गरेको छ।

प्रकाशित मिति: १५:२६ बजे, सोमबार, फागुन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्