विद्रोही समूहकाे आक्रमणबाट कङ्गोमा उन्नाइस सर्वसाधारण मारिए
बेनी, फागुन २८ : प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विद्रोही समूहले गए राति गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । उत्तरी किभुको पूर्वी प्रान्तस्थित किरिन्द्रा गाउँमा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका गभर्नर कार्ली न्जान्जुले आज पत्रकारलाई बताएका हुन।
एलाइड डेमोक्रेटिक फोर्सका विद्रोहीले स्वास्थ्य केन्द्रसहित गाउँका धेरै भवनमा आगजनी गरेका छन् । दशकौँदेखि बेनी क्षेत्रमा सक्रिय उक्त समूहले नागरिकलाई लक्ष्य गर्दै बारम्बार आक्रमण गर्दै आएका छन् ।
प्रकाशित मिति: १८:२६ बजे, आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१