सवा आठ खर्ब व्यापार घाटा
नेपाल राष्ट्र बैंकले आज (आइतबार) सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्यांअनुसार नेपाललको व्यापार घाटा १८ दशमलव ७ प्रतिशतले घट्दा रू. आठ खर्ब २५ अर्ब ७३ करोड कायम भएकोे छ।
काठमाडौं, फागुन २८ : आयात निर्यात दुबै घट्दा नेपालको व्यापार घाटा पनि घटेको छ।
नेपाल राष्ट्र बैंकले आज (आइतबार) सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्यांअनुसार नेपाललको व्यापार घाटा १८ दशमलव ७ प्रतिशतले घट्दा रू. आठ खर्ब २५ अर्ब ७३ करोड कायम भएकोे छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८ दशमलव ४ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव २ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव ५ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ७१ अर्ब ७८ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु एक सय २८ अर्ब १७ करोड बराबरको भएको थियो।
प्रकाशित मिति: १५:३४ बजे, आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार