Kathmandu Press

अफगानिस्तानको बाल्ख गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु

बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको पुष्टि गरेका छन्।
अफगानिस्तानको बाल्ख गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु

काबुल, फागुन २७ : उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ। 

बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको पुष्टि गरेका छन्। आज बिहान करिब ९ बजे, बल्खका गभर्नर मोहम्मद दाउद मुजामिललाई विस्फोटक पदार्थ बोकेका एक व्यक्तिले आत्मघाती  विस्फोट गराउँदा गभर्नर सहित दुई नागरिकसहित मारिएका छन्। त्यसैगरी विस्फोटबाट अन्य चारजनाको मृत्यु भएको  छ जसमा तीन सैन्य सदस्य र एक सर्वसाधारण नागरिक रहेको बुझिएको छ । 

यसैबीच इस्लामिक इमिरेट्सका प्रवक्ता जबिउल्लाह मुजाहिदले पनि ट्वीटरमा प्रान्तीय गभर्नरको हत्याप्रति दुःख व्यक्त गरेका छन्। बल्खको सुरक्षा विभागको विज्ञप्तिमा आत्मघाती भेस्ट लगाएका एक व्यक्तिले प्रान्तीय गभर्नरको कार्यालय नजिकै दोस्रो तलामा आफूलाई विस्फोट गराई उक्त  हत्या गरेको  टोलो न्युजले जनाएको छ ।  

प्रकाशित मिति: १८:०६ बजे, शनिबार, फागुन २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्