उत्तरपश्चिम पाकिस्तानमा पाँचजना आतंककारी मारिए
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा कारबाही शुरु गरेको छ।
इस्लामाबाद, फागुन २७ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरिएको सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएका छन् ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा कारबाही शुरु गरेको छ।
'अपरेसनका क्रममा तीव्र गोली हानाहान भएको र त्यसमा पाँचजना आतङ्ककारी मारिएका छन्,' सेनाको विज्ञप्तिमा भनिएको छ।
मारिएका आतंककारीहरूबाट हतियार, गोलाबारुद र ठूलो परिमाणमा अन्य हतियारजन्य उपकरण पनि बरामद गरिएको पनि सेनाले जनाएको छ।
प्रकाशित मिति: १८:०३ बजे, शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार