Kathmandu Press

ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त

ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका हुन्। 
ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त

बेइजिङ, फागुन २७ : चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन्। 

ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका हुन्। 

यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

नयाँ प्रधानमन्त्री छ्याङले सोमबार बिहान १४औँ राष्ट्रिय जन काङ्ग्रेस ९एनपीसी० को पहिलो सत्रको समापनपछि ग्रेट हल अफ द पिपुलमा पत्रकारहरूसँग भेटघाट गर्ने प्रेस सेन्टरले जनाएको छ।

कार्यक्रमलाई चाइना मिडिया ग्रुपले प्रत्यक्ष प्रसारण गर्नेछ  भने सिन्ह्वा नेट। कमलेले फोटो र टेक्स्टको प्रत्यक्ष प्रसारण उपलब्ध गराउने पनि  प्रेस सेन्टरले शनिबार उल्लेख गरेको छ।

प्रकाशित मिति: १८:०० बजे, शनिबार, फागुन २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्