Kathmandu Press

चीनको शीर्ष राजनीतिक सल्लाहकार निकायको वार्षिक अधिवेशन सम्पन्न

राष्ट्रपति सी चिनफिङ र अन्य चिनियाँ नेता बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित सत्रको समापन बैठकमा सहभागी हुनुभएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको १४औँ राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङले बैठकको अध्यक्षता गरेका थिए। 
चीनको शीर्ष राजनीतिक सल्लाहकार निकायको वार्षिक अधिवेशन सम्पन्न

बेइजिङ, फागुन २७ : चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको शीर्ष राजनीतिक सल्लाहकार निकायको १४औँ राष्ट्रिय समितिको पहिलोसत्र शनिबार सम्पन्न भएको छ।

राष्ट्रपति सी चिनफिङ र अन्य चिनियाँ नेता बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित सत्रको समापन बैठकमा सहभागी हुनुभएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको १४औँ राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङले बैठकको अध्यक्षता गरेका थिए। 

सम्मेलनले १३औँ राष्ट्रिय समितिको स्थायी समितिको कार्य प्रतिवेदनमाथिको प्रस्ताव, राजनीतिक सल्लाहकारको प्रस्तावको कामको प्रतिवेदनमाथिको प्रस्ताव, बडापत्रमा संशोधनसम्बन्धी प्रस्ताव, नयाँ प्रस्तावको परीक्षणलगायतका विषय पहिलो सत्रले अनुमोदन गरेको छ।

प्रकाशित मिति: १७:५२ बजे, शनिबार, फागुन २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्