Kathmandu Press

संवैधानिक व्यवस्थामा सुधार गर्ने पुटिनको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौं, माघ २ : रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवले बुध....

संवैधानिक व्यवस्थामा सुधार गर्ने पुटिनको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौं, माघ २ : रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवले बुधबार राजीनामा दिएका छन् ।

रूसी राष्ट्रपतिसँग टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदवेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने बताए । सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रीपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ । प्रधानमन्त्रीले भने, “वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजिनामा गरेको छु ।

Hardik ivf

हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।” प्रधानमन्त्रीका अनुसार सुधारका आगामी सबै निर्णय राष्ट्रपतिले लिनुहुनेछ । उक्त अवसरमा लामो समयदेखि सहयोगी भूमिका खेल्दै आएका मेदवेदेवलाई नयाँ सरकार नबनाएसम्म सरकार प्रमुखको रूपमा काम गरिरहन पुटिनले आग्रह गरेका छन् ।

 “मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपाईलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हाँसिल गरेका नतिजाहरूप्रति आभारी छु,” पुटिनले भने । उनले सुरक्षा परिषद्को उप–प्रमुखको पद पनि प्रस्तावित गरेका छन्  भने यसको नेतृत्वका लागि मेदवेदेवलाई नै सुझाव दिए । एक हप्ता पहिले पुटिनले संसदको भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत संग्रहको प्रस्ताव गरेका थिए । 

प्रकाशित मिति: ०७:३४ बजे, बिहीबार, माघ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्