Kathmandu Press

ललितपुरको इमाडोलमा साथीमार्टको आउटलेट सञ्चालन हुने 

इमाडोलको किस्ट मेडिकल कलेज नजिक रहेको सो आउटलेट व्यवसायी प्रवाश महर्जनले सञ्चालनमा ल्याउन लागेका हुन् ।
ललितपुरको इमाडोलमा साथीमार्टको आउटलेट सञ्चालन हुने 

काठमाडौं, फागुन २७ : नेपालकै ठूलो चेन साथीमार्टको आउटलेट ललितपुरको इमाडोलमा आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।

इमाडोलको किस्ट मेडिकल कलेज नजिक रहेको सो आउटलेट व्यवसायी प्रवाश महर्जनले सञ्चालनमा ल्याउन लागेका हुन् । आउटलेट आइतबार बिहान ११ बजे महालक्ष्मी नगरपालिका १ का वडाध्यक्ष छिरिङ लामाले उद्घाटन गर्नेछन् । आउटलेटले उद्घाटनको दिन २५ प्रतिसम्म छुट दिने घोषणा समेत गरेको छ ।

आउटलेट सात सय स्क्वायर फिटमा फैलिएको यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर लगायतका सामान उपलब्ध हुनेछन् । करिब ४० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको यो आउटलेट कम्पनीको १ सय १९ औं आउटलेट हुनेछ ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट www.saathimart.com मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

प्रकाशित मिति: ०८:३३ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्