Kathmandu Press

महासचिव सी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित

राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उनले ग्रेट हल अफ द पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवं प्रतिबद्धता दोहोर्‍याए। त्यसैगरी महाधिवेशनले हान झाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ। 
महासचिव सी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित

बेइजिङ, फागुन २६ : जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव सी चिनफिङ निर्विरोध निर्वाचित भएका छन्। यहाँ जारी राष्ट्रिय जनकङ्ग्रेसको १४औँ महाधिवेशनले उनलाई राष्ट्रपतिमा सर्वसम्मतिले चयन गरेको हो। 

महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सिएमसी) को अध्यक्षमा समेत निर्विरोध निर्वाचित गरेको छ। 

Hardik ivf

राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उनले ग्रेट हल अफ द पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवं प्रतिबद्धता दोहोर्‍याए। त्यसैगरी महाधिवेशनले हान झाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ। 

यसैबीच अमेरिकी समाचार समिति एशोशिएटेड प्रेसले गम्भीर आर्थिक चुनौतीका साथै अमेरिका र अन्यसँग बढ्दो तनावका बीचमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सी जनकङ्ग्रेसबाट अनुमोदित भएको टिप्पणी गरेको छ। उनले दुई हजार नौ सय ५२ मत प्राप्त गरेकाे तथा उनको विपक्षमा एक मत पनि नपरेको जनाइएको छ। 

चिनियाँ नेताहरूले दशकमा एकपटक सत्ता हस्तान्तरण गर्ने परम्परालाई तोड्दै ६९ वर्षीय सी गत अक्टोबरमा  तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सिपिसीको महासचिव बनेका हुन्।  संविधानमा दुईपटकभन्दा बढी अवधि राष्ट्रपति बन्न नपाइने व्यवस्थालाई संशोधन गरेर उनी सत्तासीन भएका हुन्। 

गोप्य रुपमा भएको निर्वाचनमा उम्मेदवारको सूची सार्वजनिक भएको थिएन। सबै पदमा निर्विरोध भएको घोषणा गरिएको थियो। यद्यपि ग्रेट हलको विशाल सभागारमा मतपेटिका राखिएका थिए। 

प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, फागुन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्