टर्की र सिरियाका भूकम्पपीडितलाई राष्ट्रसंघीय एजेन्सीहरुको सहयोग
टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन्।संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन्।संयुक्त राष्ट्रसंघ, फागुन २६ : टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन्।संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन्।
ती प्रवक्ताले गत महिना टर्की र सिरियामा गएको भूकम्पका पीडितलाई निरन्तर रुपमा सहयोग उपलब्ध गराएका जनाएका छन्।
सिरियमा भूकम्पबाट ८० लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ। यहाँका नागरिकमा आवश्यक खाद्यान्न र पानीको पनि समस्या परेको छ।
सफा पिउने पानीको अभावमा यहाँका कतिपय स्थानमा हैजाको प्रकोप फैलिने त्रास रहेकाले ती स्थानहरुमा पछिल्ला केही समययता स्वास्थ्य सामग्री र औषधि पनि वितरण गरिएको छ।
ती प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसंघका विशिष्टिकृत एजेन्सीहरुले औषधि, खद्यान्नको प्रबन्ध गरेका छन्। हैजाको प्रकोप फैलिन सक्ने सम्भावित स्थानहरुमा ती एजेन्सीहरुको सहयोगमा हैजा विरुद्धको खोप आदिको पनि व्यवस्था गरिएको छ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सी, विश्व स्वास्थ्य संगठन, विश्व खाद्य कार्यक्रम आदिले सिरिया र टर्कीका भूकम्प प्रभावितहरुका लागि काम गरिरहेका बताइएको छ।