Kathmandu Press

चार देशको बैठकको इरानद्वारा स्वागत

हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्री हुसैन अमिर अब्दुल्लाहले यी चार देशका उपविदेशमन्त्रीहरुको सो संयुक्त बैठकको स्वागत गरेकाे हो
चार देशको बैठकको इरानद्वारा स्वागत

काठमाडाैं, फागुन २६ : इरानले आगामी दिनमा हुन लागेको सिरिया, टर्की, इरान र रुसको संयुक्त बैठकको स्वागत गरेको छ।

हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्री हुसैन अमिर अब्दुल्लाहले यी चार देशका उपविदेशमन्त्रीहरुको सो संयुक्त बैठकको स्वागत गरेकाे हो।

यी चार देशका उपविदेशमन्त्रीहरुको बैठक आगामी हप्ता रुसको राजधानी मस्कोमा आयोजना गरिएको छ। सो बैठकमा खासगरी क्षेत्रीय सुरक्षा र विभिन्न अन्तर्राष्ट्रिय मुद्धाहरुमा छलफल हुने बताइएको छ।

रुस र युक्रेनका बीचमा जारी रहेको युद्ध र यसका कारण सो क्षेत्रमा उत्पन्न भएको परिस्थितिका बारेमा पनि सो बैठकमा कुराकानी हुने बताइएको छ।

हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्रीले सो बैठक मध्यपूर्वी क्षेत्रमा विकसित पछिल्लो परिस्थितका बारेमा पनि छलफल हुने भन्दै त्यसको स्वागत गर्नुभएको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, फागुन २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्