Kathmandu Press

भिस्ताराले काठमाडौं-दिल्ली उडान गर्दै, दुईतर्फी भाडा १६ हजार ९ सय

काठमाडौं, माघ १ : काठमाडौं–नयाँ दिल्ली उडानमा नयाँ वायुसेवा कम्पनी थप भएको छ। नयाँ वायुसेवा कम्पनीका रुपमा भिस्तारा एयरलाइन्स थपिएको हो।

....
भिस्ताराले काठमाडौं-दिल्ली उडान गर्दै, दुईतर्फी भाडा १६ हजार ९ सय

काठमाडौं, माघ १ : काठमाडौं–नयाँ दिल्ली उडानमा नयाँ वायुसेवा कम्पनी थप भएको छ। नयाँ वायुसेवा कम्पनीका रुपमा भिस्तारा एयरलाइन्स थपिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं–नयाँ दिल्ली दैनिक एक उडानका लागि भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरलाइन्सलाई उडान अनुमति दिएको छ। भारतको टाटा समूहको लगानीमा सञ्चालित भिस्ताराले माघ २८ गतेदेखि उडान गर्ने जनाएको छ।

विस्ताराले नयाँ दिल्ली–काठमाडौं रुटको दुईतर्फी भाडा १६ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ। त्यस्तै विजनेस क्लासको दुईतर्फी भाडा ६१ हजार ९ सय ९९ रुपैयाँ राखेको छ।

विस्ताराले साउन अन्तिमबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको हो। नयाँ दिल्ली–सिंगापुर रुटमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको कम्पनीले हाल भारतको नयाँ दिल्ली र मुम्बईबाट सिंगापुर उडान गरिरहेको छ।

भिस्ताराका सिइओ लेस्ली थाङका अनुसार चोथौँ उडान गन्तव्य काठमाडौं हो। उनका अनुसार सिंगापुर एयरलाइन्स, सिल्क एयर, ब्रिटिस एयरवेज, जापान एयर र यूनाइटेड एयरलाइन्ससँग कोड शेयर गरी सेवा बिस्तारको योजनामा रहेको छ।

गम्भीर आर्थिक संकटमा परेको भन्दै काठमाडौं–नयाँदिल्ली दैनिक पाँच उडान गर्दै आएको जेट एयरवेजले गत चैत २९ गतेदेखि उडान बन्द गरेको थियो।

जेटको उडान बन्द भएपछि यो रुटमा भिस्तारा थप भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका महानिर्देशक देवेन्द्र केसीका अनुसार नयाँ दिल्लीमा सबैभन्दा धेरै नेपाल वायुसेवा निगमले उडान गर्दै आएको छ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि नेपाल वायुसेवा निगमले दैनिक दुई, इन्डियन एयरले दुई र भुटानको टुक एयरले सातामा तीन उडान गर्र्दै आएका छन्।

जेटको उडान बन्दपछि नयाँ दिल्ली उडानका लागि भारतीय विमान कम्पनीहरुले चासो देखाईरहेका छन्। जेट एयरको उडान बन्दसँगै बढेको नयाँ दिल्ली उडानको भाडादर नयाँ विमान थपिएपछि कम हुने ट्राभल्स एजेन्टहरु बताउँछन्।

प्रकाशित मिति: १४:४६ बजे, बुधबार, माघ १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्