Kathmandu Press

अफगानिस्तानमा दुई तिहाइ अफगान नागरिकलाई मानवीय सहायता आवश्यक

उनले बुधबार भनेका थिए कि यहाँको कम्तीमा पनि दुई तिहाइ जनसंख्याका लागि खाना तथा जीवन रक्षाकै लागि आवश्यक अत्यावश्यक सामग्रीहरुको आवश्यकता परेको छ।
अफगानिस्तानमा दुई तिहाइ अफगान नागरिकलाई मानवीय सहायता आवश्यक

संयुक्त राष्ट्रसंघ, फागुन २५ : अफगानिस्तानका कम्तीमा पनि दुई करोड ८० लाख अफगान नागरिकलाई तत्कालै मानवीय सहयाताको खाँचो रहेको एक जना संयुक्त राष्ट्रसङ्घीय विशेष दूतले जानकारी दिएका छन्। 

उनले बुधबार भनेका थिए कि यहाँको कम्तीमा पनि दुई तिहाइ जनसंख्याका लागि खाना तथा जीवन रक्षाकै लागि आवश्यक अत्यावश्यक सामग्रीहरुको आवश्यकता परेको छ।

Hardik ivf

संयुक्त राष्ट्रसङ्घीय ती दूतका अनुसार यस वर्ष यहाँका दुई तिहाई नागरिकलाई जीवन रक्षाकै लागि सो सामग्री आवश्यक परेको छ र यसका लागि चार अर्ब डलरभन्दा बढी रकम आवश्यक परेको छ।यस वर्ष सो रकमको व्यवस्था गर्न नसक्ने हो भने यहाँको अवस्था निकै नाजुक हुन पुग्ने पनि बताइएको छ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधि रोजा ओटुबयाभाले सो कुराको जानकारी दिएका हुन्।

उनका अनुसार युद्धमा परेको र हाल तालिबान सरकार रहेको यस देशमा खाद्यान्न र नागरिकका आधारभूत आवश्यकताहरुको खाँचो दिनप्रतिदिन पर्दै गएको छ।

प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्