Kathmandu Press

शीर्षस्थानमा रहेको सन्दीपको टोलीको खेल आज

काठमाडौं, माघ १ : बिग बास लिग (बीबीएल)अन्तर्गत आज सन्दीप लामिछानेको टोलीले पर्थ सोचर्ससँग खेल्दै छ।

सन्दीपको टोली मेलबर्न स्टार्स अंक तालिका....

शीर्षस्थानमा रहेको सन्दीपको टोलीको खेल आज

काठमाडौं, माघ १ : बिग बास लिग (बीबीएल)अन्तर्गत आज सन्दीप लामिछानेको टोलीले पर्थ सोचर्ससँग खेल्दै छ।

सन्दीपको टोली मेलबर्न स्टार्स अंक तालिकाको शीर्ष स्थानमा छ। मेलबर्नले नौ खेलमा आठ खेल जितेर १६ अंक बटुलेको छ भने एक खेल हारेको छ।

त्यस्तै, अंक तालिकाको दोस्रो स्थानमा रहेको सिड्नी सिक्सर्स १२, पर्थ सोचर्स र ब्रिसबन हिट १० अंकसहित तेस्रो र चौथो स्थानमा छन्। यसैगरि, एडेलेड स्टाइकर्स नौ, सिड्नी थन्डर नौ र होबर्ट हरिकेन्स ६ अंकसहित पाँचौं, छैटौं र सातौं स्थानमा छन्।

मेलबर्न रेनेगेट्स भने पुछारमा छ। अहिलेसम्म एक खेल पनि जितेको छैन।

बीबीएलमा सन्दीपको प्रदर्शनमा पनि उत्कृष्ट रहेको छ। उनले आठ खेलमा नौ विकेट लिएका छन्।

 

प्रकाशित मिति: १२:३३ बजे, बुधबार, माघ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्