Kathmandu Press

राष्ट्रसंघीय महासचिव र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता

उनीहरुका बीचमा बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको राष्ट्रसंघीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन्।
राष्ट्रसंघीय महासचिव र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रसंघी, फागुन २४ : राष्ट्रसंघीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा भेटवार्ता भएको छ।

उनीहरुका बीचमा बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको राष्ट्रसंघीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन्।

राष्ट्रसंघीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटरेस सो भेटवार्ताका लागि बुधबार युक्रेन पुग्ने जानकारी दिएका हुन्। उनले मंगलबार महासचिव गुटरेस पोल्याण्ड रहनुभएको र बुधबार किभ पुगेर भेटवार्ता हुने भएको जानकारी दिएका थिए।  

सो भेटवार्ताका क्रममा युक्रेन र रुसका बीचमा सन् २०२२ को जुलाईमा भएको मल तथा खाद्यान्नको निकासीको सम्झौताका विषयमा कुराकानी हुने  अनुमान गरिएको थियो। 

गत वर्षदेखि युक्रेनमा रुसले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ। खाद्यान्न तथा अन्य आवश्यक कृषि सामग्रीहरुको आपूर्ति हुन नसक्दा विश्व बजारमा नै यसको प्रभाव परिरहेको छ।

प्रकाशित मिति: १३:४८ बजे, बुधबार, फागुन २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्