Kathmandu Press

यमनमा डुङ्गा दुर्घटना हुँदा एक्काइस जनाको मृत्यु

मंगलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो। यमनको उत्तरी रेड सीमा सो डुंगा दुर्घटना भएको हो।
यमनमा डुङ्गा दुर्घटना हुँदा एक्काइस जनाको मृत्यु

साना, फागुन २४ : यमनमा डुंगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ।

मंगलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो। यमनको उत्तरी रेड सीमा सो डुंगा दुर्घटना भएको हो।

उक्त डुंगा मा २७ जना यात्रु सवार रहेका थिए। ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ।

उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुंगा  डुबेको बताइएको छ। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ।

आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुंगा  डुबेको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए।

डुंगा  डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जिवीतै उद्धार गरेर अस्पताल पुर्‍याइएको छ।

प्रकाशित मिति: १२:२४ बजे, बुधबार, फागुन २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्