Kathmandu Press

इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता

इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता
Hardik ivf

काठमाडौं, फागुन २३ : इरानका राष्ट्रपति इब्राहिम राइसी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ। दुई देशका राष्ट्रपतिबीच सोमबार टेलिफोन वार्ता भएको  इरानी सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 
टेलिफोन वार्तामा दुई देशका बीचको आपसी सम्बन्धका साथै आर्थिक सहयोग र समन्वयका बीचमा कुराकानी भएको बताइएको छ ।इरानका राष्ट्रपतिको कार्यालयको वेबसाइटमा दिइए अनुसार सो वार्तामा आर्थिक सहयोगका क्षेत्रहरुका साथै त्यसलाई के कसरी आगामी दिनमा थप विस्तार गरी अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो ।

आर्थिक क्षेत्रमा भइरहेका सहयोग आदान प्रदान र लगानीका क्षेत्रहरुलाई आगामी दिनमा थप विस्तार कसरी गर्ने भन्ने बारेमा कुराकानी भएको सो वेबसाइटमा जनाइएको छ । वार्ता खासगरी लगानीका क्षेत्रमा केन्द्रित रहेको र दुई देशका बीचको व्यापार र अन्तर्राष्ट्रिय व्यापार पारवहन लगायतका आर्थिक विषयमा केन्द्रित रहेको सो सूचनामा जनाइएको छ । 

प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, फागुन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्