काठमाडौं, माघ १ : द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेङ्गु सङ्क्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भए...." />काठमाडौं, माघ १ : द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेङ्गु सङ्क्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भए...." />काठमाडौं, माघ १ : द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेङ्गु सङ्क्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भए....">
Kathmandu Press

यमनमा ७८ बालबालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु 

काठमाडौं, माघ १ : द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेङ्गु सङ्क्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भए....

यमनमा ७८ बालबालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु 

काठमाडौं, माघ १ : द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेङ्गु सङ्क्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भएको बालबालिकाको अधिकारका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ले बताएको छ ।

सेभ द चिल्ड्रेनले यमनमा डेङ्गुको महामारी देखिएको भन्दै यसप्रति समयमै सचेत बन्न यमन सरकार त्यहाँका जनता र अन्तर्राष्ट्रिय अधिकारवादी समूहको ध्यानाकर्षण गराएको छ । सेभ द चिल्ड्रेनद्वारा मङ्गलबार जारी एक विज्ञप्तिमा भनिएको छ, “यमनमा १६ वर्षभन्दा कम उमेरका कम्तीमा ७८ जना बालबालिकाले डेङ्गुको माहामारीका कारण ज्यान गुमाएका छन् भने कम्तीमा ५२ हजार व्यक्ति डेङ्गुको सङ्क्रमण भएको आशङ्कामा अस्पताल तथा स्वास्थ्य संस्थामा सेवाका लागि पुगेका छन् ।”

Hardik ivf

उत्त संस्थाले भनेको छ, “यसबाट यमनमा डेङ्गुका माहामारी सुरू भएको मान्न सकिन्छ ।” सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ मा यमनमा डेङ्गुसम्बन्धी सङ्क्रमणका कारण १९२ जनाको मृत्यु भएको थियो । यसमध्ये अधिकांश व्यक्ति यमनी बन्दरगाह शहर होडैडा र एडेनका थिए । सेभ द चिल्ड्रेनका यमनस्थित संयोजक मारियम अल्दोगानीले भने, “सन् २०१९ मा यमनको होडैडामा डेङ्गुका कारण मृत्यु हुनेको मृत्युदर दोस्रो धेरै अर्थात् ६२ व्यक्तिले ज्यान गुमाएका थिए । यस प्रकारको समस्या यहाँ पहिले कहिल्यै देखिएको थिएन ।”

अल्दोगानी आफै पनि सन् २०१९ मा डेङ्गुको सङ्क्रमणपछि निको हुनुभएको थियो । उनले भने, “मसहित हाम्रो संस्थाका करिब ४० भन्दा बढी कर्मचारी र उनीहरूका परिवारका सदस्य डेङ्गुको कारण विरामी परेका थिए तर ती सबै उपचारपछि निको भएका छन् ।” रेडक्रसले सन् २०१९ मा दिएको तथ्याङ्कका अनुसार जमेको पानीबाट फैलिने वा लामखुट्टेको टोकाइ बाट सर्ने डेङ्गु र सम्बन्धित रोगको माहामारीबाट यमन ग्रसित भएको छ । 
 

प्रकाशित मिति: ०७:०६ बजे, बुधबार, माघ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्