Kathmandu Press

बोलिभिया र निकारागुआका राष्ट्रपति भेनेजुएलामा

डाउनटाउन कराकसबाट करिब २१ किलोमिटर टाढा रहेको माइकेटिया अन्तरराष्ट्रिय विमानस्थलमा, आर्सेले पत्रकारहरूलाई दिएको जानकारी अनुसार चाभेजलाई श्रद्धाञ्जलि अर्पण गर्न  कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी छन्।
बोलिभिया र निकारागुआका राष्ट्रपति भेनेजुएलामा

काराकस, फागुन २२ : भेनेजुएलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजको निधनको १०औं स्मृति दिवसका अवसरमा आयोजित समारोहमा भाग लिन बोलिभियाका राष्ट्रपति लुइस आर्स र निकारागुआका राष्ट्रपति ड्यानियल ओर्टेगा आइतबार भेनेजुएला आइपुगेका छन्।

डाउनटाउन कराकसबाट करिब २१ किलोमिटर टाढा रहेको माइकेटिया अन्तरराष्ट्रिय विमानस्थलमा, आर्सेले पत्रकारहरूलाई दिएको जानकारी अनुसार चाभेजलाई श्रद्धाञ्जलि अर्पण गर्न  कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी छन्।

Hardik ivf

उनले  चाभेजका बारेमा बोल्दै भने, 'महान मातृभूमि (ल्याटिन अमेरिकाको) चाभेजको विरासत मध्ये एक रहेको बताउदै उहाँले आफ्नो समयमा प्रस्ताव गरेका धेरै चीजहरू, जस्तै बैंक अफ द साउथ,”महत्त्वपूर्ण छन्।

यसैबीच ओर्टेगाले थुप्रै ल्याटिन अमेरिकी देशहरू विरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएको एकतर्फी प्रतिबन्ध र नाकाबन्दीको निन्दा पनि गर्नु भएको छ।

सन् २०१३ मार्च ५ मा निधन भएका चाभेजको सम्झनामा हजारौं भेनेजुएलावासीहरूले आइतबार  घर बाहिर निस्किएर हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

प्रकाशित मिति: १७:२८ बजे, सोमबार, फागुन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्