प्यालेस्टाइनी क्षेत्रहरुमा शान्त रहन जोर्डन नरेशको आग्रह
उनले प्यालेस्टाइनी क्षेत्रका नागरिकलाई शान्त र संयमित रहन आग्रह गर्नुभएको नरेश अब्दुल्लाह द्वितीयको सचिवालयको विज्ञप्तिमा जनाइएको छ।अम्मान, फागुन २२ : जोर्डनका नरेश अब्दुल्लाह द्वितीयले प्यालेस्टाइनी क्षेत्रहरुमा शान्त रहन आग्रह गरेका छन्। उनले आइतबार सो आग्रह गरेका हुन्।
उनले प्यालेस्टाइनी क्षेत्रका नागरिकलाई शान्त र संयमित रहन आग्रह गर्नुभएको नरेश अब्दुल्लाह द्वितीयको सचिवालयको विज्ञप्तिमा जनाइएको छ।
यस क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्नुपर्नेमा जोड दिँदै यसका लागि सबै नागरिक शान्त र संयमित रुपमा रहनुपर्नेमा जोड दिइएको थियो।
उनले अम्मानमा संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री लियोड अस्टिनसँगको भेटका क्रममा सो आग्रह गर्नुभएको सो समाचारमा जनाइएको छ।
सो भेटका क्रममा उनले इजरायल र प्यालेस्टाइनका बीचको समस्या समाधानका लागि मार्ग तय गर्न पनि अमेरिकी रक्षामन्त्रीलाई आग्रह गर्नुभएको थियो।
दुवै तर्फको सहमति र सहकार्यमा शान्तिपूर्ण माध्यमबाट इजरायल प्यालेस्टाइनी समस्याको समाधान गर्नुपर्नेमा उनले जोड दिएका थिए।
अमेरिकी रक्षामन्त्री अस्टिन जोर्डनको भ्रमणका लागि आइतबार राजधानी अम्मान पुगेका छन्।