दक्षिण पश्चिम पाकिस्तानमा विस्फोटमा ४ जनाको मृत्यु, ९ घाइते
इस्लामावाद, फागुन २२ : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमबार गाडी बिस्फोट हुँदा चार सुरक्षाकर्मीको मृत्यु हुनाको साथै अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
उक्त दुर्घटना बोलान जिल्लामा भएको हो । सिबीका जिल्ला प्रहरी अधिकारी युसुफ करीम भानघरले बताएअनुसार सिबी जिल्लाको सीमा क्षेत्रस्थित बलुचिस्तान कन्स्टेबुलरीका अर्धसैनिक फौजको ट्रकमा हमला भएको थियो ।
विस्फोटको प्रकृति अझै खुल्न नसकेको बताउँदै उहाँले अनुसन्धानका लागि सो क्षेत्र नाकाबन्दी गरिएको बताउनु भएको छ।आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।
प्रकाशित मिति: १५:०६ बजे, सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१