सडक दुर्घटनामा सातको मृत्यु, २३ घाइते
ती दुर्घटनामा परेर अरु २३ जना घाइते भएका छन्। यहाँ भएका दुई फरक सडक दुर्घटनामा परेर उनीहरुको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्।
इस्लामावाद, फागुन २२ : पाकिस्तानमा गएको २४ घन्टायता भएका सडक दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ।
साथै ती दुर्घटनामा परेर अरु २३ जना घाइते भएका छन्। यहाँ भएका दुई फरक सडक दुर्घटनामा परेर उनीहरुको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्।
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको झोब जिल्लामा आइतबार साँझ सडकमा गुडिरहेका बस एक आपसमा ठोकिएर भएको दुर्घटनामा परेर चार जनाको ज्यान गएको थियो। सो दुर्घटनामा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन्।
त्यसैगरी पाकिस्तानको उत्तरी चिलास नगरमा शनिबार राति भएको अर्को दुर्घटनामा परेर तीन जनाको ज्यान गएको र २० जनाभन्दा बढी यात्रु घाइते भएका थिए।
सो स्थानमा बस खोँचमा खसेको थियो। त्यसमा रहेका २० जना भन्दा बढी यात्रु घाइते भएका बताइएको छ।
प्रकाशित मिति: १५:०६ बजे, सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












