Kathmandu Press

दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चिति फेब्रुअरीमा घट्यो

बैङ्क अफ कोरियाका अनुसार फेब्रुअरीको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ४२५.२९ अर्ब अमेरिकी डलर रहेको छ जुन अघिल्लो महिनाको तुलनामा ४.६८ अर्ब डलरले कम हो।
दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चिति फेब्रुअरीमा घट्यो

साेल, फागुन २२ : दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा फेब्रुअरीमा चार महिनायता पहिलो पटक गिरावट आएको केन्द्रीय बैंकको तथ्याङ्कले  देखाएको छ। 

बैङ्क अफ कोरियाका अनुसार फेब्रुअरीको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ४२५.२९ अर्ब अमेरिकी डलर रहेको छ जुन अघिल्लो महिनाको तुलनामा ४.६८ अर्ब डलरले कम हो। यो सँगै बलियो डलरले गैरडलर सम्पत्तिहरूको रूपान्तरण मूल्य घटाएको छ। 

देशको विदेशी सञ्चितिमा ३७४ अर्ब ४९ करोड डलर धितोपत्र, २६ अर्ब ७५ करोड निक्षेप, १४ अर्ब ८० करोड डलर विशेष निकासी अधिकार, ४ अर्ब ७९ करोड डलर सुन र ४ अर्ब ४४ करोड डलर आईएमएफ ९अन्तरराष्ट्रिय मुद्रा कोष० रहेको छ।

जनवरीको अन्त्यमा दक्षिण कोरिया विश्वको नवौं ठूलो विदेशी मुद्राको भण्डार भएको थियो।

प्रकाशित मिति: १५:०२ बजे, सोमबार, फागुन २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्