भियतनामको सबैभन्दा ठूलो व्यापार मेला अप्रिलमा
सन् १९९१ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको भियतनाम एक्सपो भियतनामी व्यवसायहरूका लागि आफ्ना उत्पादनहरूको प्रचारप्रसारका लागि उपयुक्त मञ्च हुने विश्वास गरिएको छ।
हनोई, फागुन २२ : भियतनाम एक्स्पो २०२३ अप्रिल ८ देखि १५ सम्म राजधानी हनोईमा आयोजना हुँदैछ। उक्त एक्सपोमा १५ देशका विभिन्न क्षेत्रका उत्पादनहरूको प्रदर्शनी हुने आयोजकले बताएका छन्।
सन् १९९१ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको भियतनाम एक्सपो भियतनामी व्यवसायहरूका लागि आफ्ना उत्पादनहरूको प्रचारप्रसारका लागि उपयुक्त मञ्च हुने विश्वास गरिएको छ।
यस वर्षको प्रदर्शनीमा १५ देशका विभिन्न ५०० भन्दा बढी कर्पोरेशनहरूको सहभागिता रहने आयोजक भिनेक्सड कम्पनीले जनाएको छ।
कार्यक्रमले इलेक्ट्रोनिक्स, मेसिनरी, उपकरण र सहयोगी उद्योगहरू, डिजिटल प्रविधि, र ई(कमर्स लगायतका विभिन्न उद्योगहरूलाई समेट्नेछ।
आयोजकका अनुसार प्रदर्शनीको मुख्यतया चीन, कम्बोडिया, इन्डोनेसिया र दक्षिण कोरियालगायत देशका उत्कृष्ट उत्पादन र सेवाहरू प्रदर्शन गर्ने अन्तरराष्ट्रिय मञ्च समावेश छन्।
प्रकाशित मिति: १३:०३ बजे, सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार