Kathmandu Press

ग्रीसका प्रधानमन्त्रीले मागे रेल प्रदर्शनकारीसँग माफी

ग्रीसका प्रधानमन्त्रीले मागे रेल प्रदर्शनकारीसँग माफी

एथेन्स, फागुन २१ : ग्रीसको राजधानी एथेन्समा हजारौँ प्रदर्शनकारीले गरेको विशाल प्रदर्शनमा प्रहरीसँग भएको झडपपछि ग्रीसका प्रधानमन्त्रीले आइतबार देशकै सबैभन्दा भयानक रेल दुर्घटनामा परी ज्यान गुमाएका ५७ जनाको परिवारसँग क्षमा याचना गरेका छन।

'प्रधानमन्त्रीको हैसियतमा म सबैका लागि ऋणी छु र विशेषगरी पीडितका आफन्तप्रति क्षमा याचना गर्दछु,' किरियाकोस मित्सोटाकिसले राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका छन।

Hardik ivf

'ग्रीसका लागि फरक–फरक दिशामा जाने दुईवटा रेल एउटै लाइनमा चल्न सक्दैनथे । दुवै सवारीका चालकको कमजोरीका कारण दुखद् घटना भएको छ,' मित्सोटाकिसले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको सन्देशमा भनेका छन।

ग्रीसको लारिसा सहर नजिकै मङ्गलबार यात्रुवाहक र मालवाहक रेलबीच भएको दुर्घटनाले ग्रीसभरि व्यापक आक्रोश फैलाएको छ ।

एथेन्समा आइतबार विद्यार्थी, रेल मजदुर र सार्वजनिक क्षेत्रका कर्मचारीको आह्वानमा हजारौँ आक्रोशित प्रदर्शनकारीहरू संसद् बाहिर भेला भई प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: २०:१७ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्