उत्तरपश्चिम पाकिस्तानमा बम विस्फोटमा परी २ जनाको मृत्यु, ३ घाइते

इस्लामावाद, फागुन २१ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार भएको बम विस्फोटमा परी दुई जनाको मृत्यु भएकाे छ। विस्फाेटमा अन्य तीन जना घाइते भएका छन् ।
सो विस्फोट बानु जिल्लामा भएको हो । विस्फोटक पदार्थले भरिएको मोटरसाइकल शान्ति मिलिशियाका सदस्यको गाडीसँग ठोक्किदा सो दुर्घटना भएको हो । अज्ञात आतङ्ककारीहरूले रिमोट कन्ट्रोल यन्त्रद्वारा बम विस्फोट गराएको स्रोतले बताएको छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको दाबी गरेका छैनन्।
प्रकाशित मिति: १८:४८ बजे, आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












