आइएईएका अधिकारीलाई निरीक्षणको अनुमति दिने इरानको वाचा
संयुक्त राष्ट्रसङ्घीय निकाय आइएईएका महानिर्देशक राफेल मारियानो ग्रोसीले शानिबार इरानका राष्ट्रपति इब्राहिम रायसी र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए।भिएना, फागुन २१ : इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) का निरीक्षकहरूलाई आफ्ना आणविक स्थल तथा जडान गरिने उपकरणको निरीक्षणका निम्ति अनुमति दिने वाचा गरेको छ। इरानी अधिकारीहरूले आफूसँग त्यस्तो वाचा गरेका आइएईएका प्रमुखले बताएका हुन्।
संयुक्त राष्ट्रसङ्घीय निकाय आइएईएका महानिर्देशक राफेल मारियानो ग्रोसीले शानिबार इरानका राष्ट्रपति इब्राहिम रायसी र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए।
सोही क्रममा उनीहरूले आइएईएका निरीक्षणकर्तालाई सम्बन्धित स्थानमा पहुँच दिने वाचा गरेको महानिर्देशक ग्रोसीले आज यहाँ पत्रकारहरूलाई जानकारी दिए। विगतमा राष्ट्रसङ्घीय निकायलाई ती स्थानमा इरानले पहुँच दिन अस्वीकार गरेको थियो।
इरानले के कस्ता उपकरण पुनस्थापना गर्छभन्ने विस्तृत जानकारी भने महानिर्देशक ग्रोसीले दिएनन्। यद्यपि उनले विगतका अवरोध क्रमशः पन्छिदै गएका र केही ठोस कार्य गर्नचाहेको इरानी सङ्केत आफूले पाएको बताए। उनले इरानको आश्वासनलाई सकारात्मक मान्नुपर्ने बताए।
तेहरानले आफ्नो विवादित आणविक कार्यक्रमको निगरानी गर्ने आइएईएका अधिकारीलाई पहुँच दिनुपर्नेमा लामो समयदेखि राष्ट्रसङ्घले माग गर्दै आएको थियो।