Kathmandu Press

ताञ्जानियामा ६ हात्ती मार्ने तीन जना पक्राउ

ताञ्जानियाको सो राष्ट्रिय निकुञ्जमा गएको चौध महिनाको अवधिमा छ ओटा हात्ती मारिएका र त्यसयमा तस्करको हात रहेको अनुसन्धानबाट खुलेको थियो।
ताञ्जानियामा ६ हात्ती मार्ने तीन जना पक्राउ

दार ए सलाम, फागुन २१ : ताञ्जानियाको एक राष्ट्रिय निकुञ्जमा गएका चौध महिनामा छ ओटा हात्ती मरेका छन्। ती हात्ती मरेको नभएर मारिएको पाइएको छ र हात्ती मारेको आशंकामा तीन जनालाई पक्राउ पनि गरिएको छ।

ताञ्जानियाको सो राष्ट्रिय निकुञ्जमा गएको चौध महिनाको अवधिमा छ ओटा हात्ती मारिएका र त्यसयमा तस्करको हात रहेको अनुसन्धानबाट खुलेको थियो।

Hardik ivf

सो राष्ट्रिय निकुञ्जमा सन् २०२२ को जनवरीदेखि सन् २०२३ को फेब्रुअरीसम्म ती हात्ती मारिएका थिए। सो निकुञ्जका संरक्षण अधिकृतले उक्त कुराको जानकारी दिएका हुन्। उनले गएको चौध महिनाको अवधिमा हात्ती मारिएको घटनामा संलग्न भएको आशङ्कामा तीन जना तस्करलाई पक्राउ गरिएको पनि जानकारी दिए।

उनीहरुले प्रहरीले गत फेब्रुअरी २८ मा नियन्त्रणमा लिएको र अनुसन्धान थालेको जानकारी पनि उनले दिए। उता यहाँको प्रशासनले एकै निकुञ्जमा यति धेरै हात्ती मार्नसक्ने गरी घटना हुनुको पछाडिको अनुसन्धानका लागि पनि टोली गठन गरेको जनाएको छ।

निकुञ्जाका हात्ती तथा अन्य जनावरको सुरक्षा र संरक्षणका लागि यहाँको वन तथा वन्यजन्तु सम्बन्धी प्रशासनले आवश्यक नीति निर्माणका लागि सबैको ध्यानाकर्षण पनि गराएको छ। 

प्रकाशित मिति: १५:०६ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्