अफगान सुरक्षा फौजको कारबाहीमा आइएसका ६ लडाकु मारिए
सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुख अब्दुल्लाह इनसाफले सो कुराको जानकारी दिएका छन्। उनका अनुसार यहाँको सुरक्षा फौजले आइएसकाविरुद्धमा गरेको कारबाहीका क्रममा ती लडाका मारिएका हुन्।
काबुल, फागुन २१ : अफगानिस्तानको हेरात प्रान्तमा यहाँको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि छ जना आइएस लडाका मारिएका छन्।
सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुख अब्दुल्लाह इनसाफले सो कुराको जानकारी दिएका छन्। उनका अनुसार यहाँको सुरक्षा फौजले आइएसकाविरुद्धमा गरेको कारबाहीका क्रममा ती लडाका मारिएका हुन्।
शनिबार भएको सो कारबाहीका क्रममा मारिनेमा एकजना महिला पनि परेका बताइएको छ। प्रवक्ता इनसाफले हेरात प्रान्तको रबट काबुली गाउँमा आइएसले आश्रयस्थल नै बनाएर हिंसात्मक क्रियाकलाप गरेको सूचनाका आधारमा सो कारबाही गरिएको थियो।
त्यस कारबाहीमा परेर अरु केही लडाका घाइते पनि भएका छन्। उक्त क्षेत्रमा अफगान सरकारको सुरक्षा फौजले खोजी अभियान सञ्चालन गरिरहेको छ।
प्रकाशित मिति: १५:०४ बजे, आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार