Kathmandu Press

चीनमा बस दुर्घटना हुँदा १० वेपत्ता, १५ घाइते

बेइजिङ, पुस २९ : चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने क्विन्घाई प्रान्तमा बस दुर्घटना हुँदा १० जना बेपत्ता भएका छन् भने १५ जना घाइते भएका छन्।

चीनमा बस दुर्घटना हुँदा १० वेपत्ता, १५ घाइते

बेइजिङ, पुस २९ : चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने क्विन्घाई प्रान्तमा बस दुर्घटना हुँदा १० जना बेपत्ता भएका छन् भने १५ जना घाइते भएका छन्।

स्थानीय अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार, सोमबार बस दुर्घटना भएको हो। गुडिरहेको बस सडकबाट खसेर दुर्घटना भएको जनाएको छ।

अहिले दुर्घटना भएको नान्डाजी भन्ने ठाउँमा अत्यधिक धेरै सवारी साधनको चाँप हुने गरेको छ। दुर्घटनामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्।

यसअघि स्थानीय अधिकारीहरुले दुई जना मात्र बेपत्ता भएका र १३ जना घाइते भएका बताएका थिए।

घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ भने कसैको पनि अवस्था चिन्ताजनक नरहेको जनाइएको छ।

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, पुस २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्