Kathmandu Press

झापामा मह प्रशोधन उद्योग सञ्चालनमा

झापामा मह प्रशोधन उद्योग सञ्चालनमा

झापा, फागुन  २१ : झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ । 

मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो ।  सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी ओली दाहालले बताए। 
    
उनले उद्योगमा वार्षिक १० हजार मेट्रिक्टनभन्दा बढी मह उत्पादन हुँदै आएको जानकारी दिए।  व्यावसायिक रुपमा मह उत्पादनका लागि सतासीमा खेती समेत गरिँदै आइएको छ । अब आधुनिक मेसिनबाट मह प्रशोधन हुने भएकाले बजारीकरणमा पनि समस्या नहुने किसान धनमाया पाठकले बताए। 

उनका अनुसार पहिलो चरणमा सो उद्योगमा  सात महिलाले रोजगारी  पाएका छन् । शिवसताक्षी–११ मा बासिन्दाले सरदर १० देखि दुई  सय ५० घारसम्म माहुरी पालेका छन्।

मौरीपालन ‘ब्लक’ क्षेत्रसमेत घोषणा गरिएको शिवसताक्षी–११ भित्र मात्र झन्डै तीन सयभन्दा बढी महिलाले व्यावसायिक रूपमा नै मौरीपालन गर्दै आएको र यसबाट वार्षिक ६० टनभन्दा बढी मह उत्पादन हुँदै आएको छ। 

प्रकाशित मिति: १२:३२ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्