Kathmandu Press

नाइजेरियामा चौध अपहरितको उद्धार

बन्धक बनाएर राखिएको अवस्थामा उनीहरुलाई नाइजेरियाली सुरक्षा फौजले उनीहरुलाई उद्धार गरेको समाचारमा जनाइएको हो।
नाइजेरियामा चौध अपहरितको उद्धार

काठमाडाैं, फागुन २१ : नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ। सो राज्यमा यहाँका सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका थिए।

बन्धक बनाएर राखिएको अवस्थामा उनीहरुलाई नाइजेरियाली सुरक्षा फौजले उनीहरुलाई उद्धार गरेको समाचारमा जनाइएको हो।

कादुना क्षेत्रमा नाइजेरियाका बोको हराम आतङ्ककारी समूहको प्रभाव रहेको बताइएको छ। ती १४ जनालाई पनि उनीहरुले नै अपहरण गरेर लगी बन्दक बनाएका प्रहरीको भनाइ छ।

सो क्षेत्रमा नाइजेरियाली संयुक्त सुरक्षा फौजले केही महिनादेखि सशक्त कारबाही अघि बढाएको छ। त्यसै क्रममा उनीहरुलाई अपहरणमुक्त गरेको बताइएको छ।नाइजेरियाको कादुना राज्यका प्रहरी प्रमुखले सो कुराको जानकारी दिएका छन्।

उनले ती १४ जनालाई कहिले उद्धार गरिएको हो भन्ने बारेमा भने जानकारी दिएका छैनन्। उनीहरुको उद्धारका क्रममा भएको सुरक्षा कारबाहीमा परेर एकजना अपहरणकारीको ज्यान गएको र अरु केही भागेका उनले जनाएका छन्। 

प्रकाशित मिति: १२:२५ बजे, आइतबार, फागुन २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्