Kathmandu Press

जातीय भेदभावमा परेका अश्वेत महिलालाई मुटु रोग लाग्ने सम्भावना बढी

संरचनात्मक जातिवादले समाजमा विद्यमान विभेदको शिकार विभिन्न स्तरमा जरा गाडेर बसेको देखाएको छ।
जातीय भेदभावमा परेका अश्वेत महिलालाई मुटु रोग लाग्ने सम्भावना बढी

वासिङ्टन, फागुन २० : रोजगारी, आवास र प्रहरीसँगको अन्तरक्रिया लगायतका विभिन्न सन्दर्भमा  जातीय भेदभावको अनुभव गरेका अश्वेत महिलालाई अन्य महिलाको तुलनामा हृदयाघात हुने सम्भावना २६ प्रतिशत बढी रहेको एक अनुसन्धानले जनाइएको छ।

संरचनात्मक जातिवादले समाजमा विद्यमान विभेदको शिकार विभिन्न स्तरमा जरा गाडेर बसेको देखाएको छ। शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र फौजदारी न्याय प्रणालीमार्फत पनि नजानिदो गरी जातीय भेदभावलाई बढावा दिने  प्रवृत्ति विद्यमान रहेको पनि अनुसन्धानले देखाएको छ।

'जातिवादजस्ता दीर्घकालीन मनोसामाजिक तनावले रक्तचाप र हृदय रोगको लागि अन्य जोखिमको स्तर बढाउँछ,' बोस्टन विश्वविद्यालय चोबानियनका चिकित्साशास्त्रका सहायक प्राध्यापक एवम् अनुसन्धाता शानशन शेहीले उल्लेख गरेका छन्। यस्ता अनुसन्धानले जातीय विभेदको विभिन्न पक्षलाई उजागर गर्ने गरेको पाइएको छ। 

प्रकाशित मिति: १५:५६ बजे, शनिबार, फागुन २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्