Kathmandu Press

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : बैतडीबाट ६४ खेलाडी छनोट

जिल्ला खेलकुद  विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि ६४ खेलाडी छनोट भएका हुन्। 
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : बैतडीबाट ६४ खेलाडी छनोट

बैतडी, फागुन २० : सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि यहाँबाट ६४ खेलाडी छनोट भएका छन्।

जिल्ला खेलकुद  विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि ६४ खेलाडी छनोट भएका हुन्। 
 
यही फागुन १२ देखि १४ गतेसम्म पाटनमा सम्पन्न भएको १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट गरिएको हो।

एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, एक हजार पाँच सय मिटर र तीन हजार मिटर दौडका लागि एक÷एक छात्र र छात्रा छनोटमा परेका छन्।

यस्तै, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, कबड्डी, भलिबल, कराते र एकलकातामा छात्र तथा छात्रातर्फ खेलाडी छनोटमा परेका छन्।

छनोट भएका खेलाडीलाई केही दिनमा बन्द प्रशिक्षणमा बोलाइनेछ। प्रदेशस्तरीय प्रतियोगिताको मिति भने टुंगाे लागेको छैन।

प्रकाशित मिति: १४:५८ बजे, शनिबार, फागुन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्